काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २-१ गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा मोहमद सलाह नायक बने । उनले लिभरपुलका लागि दुबै गोल गरे ।
खेलको ११ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

सलाहले खेलको ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा टोटेनहमका ह्यारी केनले सान्त्वना गोल फर्काएपनि लिभरपुल विजयी भयो ।
जितसँगै लिभरपुलले १३ खेलमा १९ अंक जोडेको छ ।
लिभरपुल आठौं स्थानमा रहेको छ ।
टोटेनहम २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।