काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराएको हो ।
न्युकासलको जितमा मिगुएल अल्मिरोन, क्रिस उड, जोइ विललोक र ब्रुनो गुइमारेसले एक एक गोल गरे ।
साउथह्याम्पटनका रोमेन पेर्राउडले एक गोल फर्काए ।
जितसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ ।
न्युकासलले १४ खेलमा २७ अंक जोडेको छ ।
साउथह्याम्पटन १२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्ट ह्याम युनाईटेडलाई २-१ ले हराएको छ ।