काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
आइतबार भएको खेलमा पीएसजीले लोरीएन्ट एफसीलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।