काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीलाई १-० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गरे ।
खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ ।
आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ ।
चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
