एलेभेन स्टारलाई उपाधि
आइतबार, कार्तिक २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एलेभेन स्टार फुटबलले ११ औं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सप्तरीको बनौलीमा भएको प्रतियोगिताको फाइनल खेलमा मलिथम फुटबल क्लबलाई १-० ले हराउँदै एलेभेनले उपाधि जितेको हो ।
उपाधिसँगै एलेभेनले ३५ हजार नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।
आधारभूत विद्यालय बनौलीको आयोजनामा भएको प्रतियोगिता विद्यालयकै प्रांगणमा भएको थियो ।



एलेभेन स्टारलाई उपाधि






-1762997834781.jpeg&w=3840&q=75)






