आर्मीले दियो गण्डकीलाई १६६ रनको लक्ष्य
आइतबार, कार्तिक २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई जितका लागि १ सय ६६ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६५ रन बनायो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले ५४ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै भिम शर्कीले ३९ रन जोड्दा अनिल मण्डलले २६ तथा अर्जुन साउदले १३ रन बनाए ।
गण्डकीका विपिन खत्रीले ४ विकेट लिए । कमल परियारको नाममा २ विकेट रह्यो ।
आर्मीले दियो गण्डकीलाई १६६ रनको लक्ष्य
















-1762660030983.webp&w=3840&q=75)