काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले स्पेजियालाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको २१ औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
डानिल माल्दिनीले ५९ औं मिनेटमा गोल गरेपछि स्पेजियाले खेल १-१ गोलको बराबरी ल्यायो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।
लगत्तै ९० औं मिनेटमा जेरुड दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए ।
गोलपछि जर्सी फुकालेर सेलिब्रेसन गरेपछि उनले दोस्रो पहेलो कार्ड पाएका हुन् ।
जितसँगै मिलानले १३ खेलमा २९ अंक जोडेको छ ।
मिलान दोस्रो स्थानमा उक्लिएको छ ।
स्पेजिया ९ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।