काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शनिबार राति सहज जित निकालेको छ ।
लिजेण्ड डिफेन्डर जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले अल्मेरियालाई २-० ले हराएको हो ।
बिदाइ खेलमा पिकेले ८४ मिनेट मैदानमा बिताएका थिए ।
खेलपछि ३५ वर्षीय डिफेन्डरलाई स्टान्डिङ ओभेसन दिईएको थियो ।
बिदाइमा भावुक बनेका उनले आफु बार्सिलोनामा जन्मिएको र बार्सिलोनामै मर्ने बताए ।
'म यहिँ जन्मिएँ र यहीं मर्नेछु । म विश्वस्त छु कि म भविष्यमा फेरि यहाँ आउनेछु,' उनले भने, 'म बार्सिलोनालाई माया गर्छु। त्यसैले यो बिदाइ होइन।'

बार्सिलोनाको जितमा ओसुमाने डेम्बेले र फ्रान्की डी जोङले एक एक गोल गरे ।
खेलको ४८ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले १३ खेलमा ३४ अंक जोडेको छ ।
