काठमाडौं । बोरुसिया डर्टमण्डका युवा खेलाडी युसुफा मोउकोकोले जर्मन बुन्डेसलिगा फुटबलमा कीर्तिमान बनाएका छन् ।
बुन्डेसलिगा अन्तर्गत बक्हमविरुद्धको खेलमा ३-० को जित निकाल्दा दुई गोल गर्दै मोउकोकोले कीर्तिमान बनाएका हुन् ।
युसुफा मोउकोकोले बुन्डेसलिगामा सर्वाधिक कम उमेरमा १० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
मोउकोकोले १७ वर्ष ३ सय ५० दिनमा १० गोल पूरा गरेका हुन् । उनले ४२ खेलमा १० गोल गरेका हुन् ।
उनले खेलको आठौं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
डर्टमण्डका लागि अर्को गोल जियोभानी रेनाले गरे ।
जितपछि डर्टमण्ड १३ खेलमा २५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बक्हम ७ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।