काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा हेर्था बर्लिनलाई ३-२ गोल अन्तरले हराउँदै बायर्न शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको १२ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३७ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।
३८ औं मिनेटमा एरिकले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
तर, ४० औं मिनेटमा डोडी लुकबाकियोले गोल गर्दै हेर्थालाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ४५ औं मिनेटमा हेर्थाका डाभी सेल्केले पेनाल्टीमार्फत गोल गरेपनि बायर्न ३-२ ले विजयी भयो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको बायर्नले १३ खेलमा २८ अंक जोडेको छ ।
हेर्था ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।