काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले रोमान्चक जित निकालेको छ ।
सिटीले शनिबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको सिटीले इन्जुरी समयमा गोल गर्दै जित निकालेको हो ।
खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २८ औं मिनेटमा आन्द्रेस पेरीराले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
सिटीका डिफेन्डर जोआ कान्सेलोले २६ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनलाई फउल गर्दै लडाएपछि फुलहमले पेनाल्टीको अवसर पाएको थियो ।
फउलको कारण कान्सेलोले रातो कार्ड समेत पाए । जसको कारण २६ मिनेटमै सिटी १० खेलाडीमा समेटिएको थियो ।

यस्तै खेलको ७४ औं मिनेटमा सिटीका अर्लिङ हालाण्डले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई मान्यता दिएन ।
त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
जितसँगै सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सिटीले १३ खेलमा ३२ अंक जोडेको छ ।
फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अर्को खेलमा ब्राइटनले उल्भ्सलाई ३-२ ले हराउँडा लिड्सले बर्नेमाउथलाई ४-३ ले हराएको छ ।
ब्रेन्टफोर्ड र नटिङघम फरेस्टले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।