काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले जुलेन लोपेटेगुईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
उल्भ्सले शनिबार स्पेनिस प्रशिक्षक जुलेनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
उल्भ्सले गत महिना ब्रुनो लागेलाई बर्खास्त गरेको थियो । त्यसयता उल्भ्स मुख्य प्रशिक्षक विहीन थियो ।
जुलेनले नोभेम्बर १४ बाट उल्भ्सको टोली सम्हाल्ने छन् ।
५६ वर्षीय प्रशिक्षक जुलेन गत असोजमा स्पेनिस क्लब सेभियाबाट बर्खास्तमा परेका थिए ।
च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डसँग पराजित भएपछि सेभियाले जुलेनलाई बर्खास्त गरेको थियो ।
जुलेनले सेभियालाई युरोपा लिगको उपाधि दिलाएका थिए ।
जुलेनले यस अघि स्पेन तथा रियल मड्रिडको टिम हेरिसकेका छन् ।