काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार पाँच खेलहरु हुँदैछ ।
साविक विजेता म्यान्चेस्टर सिटीले आज घरेलु मैदानमा फुलहमको सामना गर्नेछ । सिटी र फुलहमबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।
सिटीका स्टार स्ट्राइकर अर्लिङ हालाण्ड खेल्ने नखेल्ने निश्चित छैन । चोटका कारण उनले पछिल्ला दुई खेल खेलेका छैनन् ।
सिटी १२ खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । फुलहम १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै लिड्स युनाईटेडले बर्नेमाउथको सामना गर्नेछ । नटिङघ फरेस्टले ब्रेन्टफोर्डको सामना गर्दा ब्राइटनले उल्भ्सको सामना गर्नेछ ।
अर्को खेलमा एभर्टन र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।