काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार दोस्रो खेल खेल्दैछ ।
नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ । तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन । बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७-० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।
नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।