काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक युनाई इम्रीले क्लबलाई उपाधि दिलाउने आफ्नो सपना भएको बताएका छन् ।
एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक इम्रीले शुक्रबार आफ्नो पहिलो लक्ष्य उपाधि जित्नु रहेको बताएका हुन् ।
'मेरो सपना एस्टन भिल्लासँग ट्रफी जित्ने हो,' प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडविरुद्धको खेल अघि उनले भने ।
एस्टनले आइतबार घरेलु मैदानमा खेल्दैछ । जुन खेल इम्रीको पहिलो खेल हुनेछ ।
'सुरुमा मेरो लागि यो व्यक्तिगत चुनौती हो । मेरो दोस्रो सपना, उद्देश्य युरोपमा खेल्ने हो,' इम्रीले थपे ।
स्टेभन जेरार्डलाई बर्खास्त गरेपछि एस्टनले इम्रीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
इम्री लण्डन क्लब आर्सनलका पूर्व प्रशिक्षक हुन् । उनले पछिल्लो समय स्पेनिस क्लब भिल्ला रियल सम्हालेका थिए ।