बेलबारी । सहलेस युथ क्लब सिराहाले मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार क्यामरुनको एभिनियर फुटबल क्लबलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
सिराहाका लागि दुबै गोल फोडे फोफोनाले गरे । फोफोनाले खेलको ७ औं र ६७ औं मिनेटमा गोल गरे । फोफोनाले दास्रो गोल पेनाल्टीमा गरेका थिए ।
एभिनियरका लागि एकमात्र गोल सोङले गरेका हुन् । सिराहाका पेपे म्यान अफ दी म्याच बने ।
प्रतियोगिता अन्तर्गत शनिबार सहारा क्लब पोखराले एपीएफ क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पाउने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम बान्तवाले जनाएका छन् ।
वान्तवाका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही १५÷१५ हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।