एपीएफले दियो गण्डकीलाई ११६ रनको लक्ष्य
शुक्रबार, कार्तिक १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशलाई जितका लागि १ सय १६ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय १५ रन बनायो ।
एपीएफका लागि भुवन कार्कीले अविजित रहदै सर्वाधिक २४ रन बनाए ।
पुरण बिकले २३ रन जोडे । लोकेश बम र सन्दीप जोराले समान २२/२२ रन बनाए ।
अमर रौटेला १३ रन जोडे । कप्तान शरद भेषवाकर ३ रनमा आउट भए ।
एपीएफलाई सस्तैमा समेट्न गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले ३/३ विकेट लिए । सुबाश भण्डारीले २ विकेट लिए ।
एपीएफले दियो गण्डकीलाई ११६ रनको लक्ष्य













-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)