काठमाडौं । जर्मनीका फरवार्ड टिमो वेर्नेरले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् ।
एंकल चोटको कारण फरवार्ड वेर्नेरले विश्वकप गुमाउने भएका हुन् ।
आरबी लाइपजिगका फरवार्ड २०२३ सम्म मैदान बाहिर रहने छन् ।
२६ वर्षीय फरवार्ड च्याम्पियन्स लिग अन्तर्गत शाख्तर डोनेक्ट्सविरुद्धको खेलमा चोट बोकेका थिए ।
चेल्सीका पूर्व स्ट्राइकर १९ मिनेटमा मैदान बाहिर रहेका थिए ।
जर्मनीका लागि उनले ५५ खेल्म्मा २४ गोल गरेका छन् ।
जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुआत गर्ने छ ।