सोसिडाडमाथि युनाईटेडको जित
शुक्रबार, १८ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलमा रियल सोसिडाडलाई हराएको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले सोसिडाडलाई १-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा एलेजान्ड्रो गर्नाचोले निर्णायक गोल गरे ।
उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।
सोसिडाडममाथि जित निकालेपनि युनाईटेड समूह उपविजेतामै सिमित भएको छ ।
युनाईटेडले ६ खेलमा १५ अंक जोड्यो ।
युनाईटेडले अब प्ले अफ खेल खेल्नेछ ।
सोसिडाड भने राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
सोसिडाड १५ अंक जोडेर शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
सोसिडाडमाथि युनाईटेडको जित














