आर्सनल नकआउट चरणमा
शुक्रबार, १८ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई १-० गोल अन्तरले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो ।
आर्सनलको जितमा किइरन टिएरनीले निर्णायक गोल गरे ।
उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै आर्सनलले ६ खेलमा १५ अंक जोड्यो ।
आर्सनल समूह 'ए' को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
जुरिच ३ अंक जोडेर समूहको पुछारमा रह्यो ।
आर्सनल नकआउट चरणमा














