फाकुन्डो ब्राइटनमा अनुबन्धित
बिहिबार, १७ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब ब्राइटनले अर्जेन्टिनी अट्याकीङ मिडफिल्डर फाकुन्डो बुओनोटलाई अनुबन्ध गरेको छ ।
ब्राइटनले अर्जेन्टिनी क्लब क्लब एट्लेटिको रोजारियो सेन्ट्रलबाट मिडफिल्डर फाकुन्डोलाई अनुबन्ध गरेको हो ।
१७ वर्षीय मिडफिल्डर फाकुन्डो जनवरीमा ब्राइटनमा आबद्द हुने छन् ।
रोजारियो सेन्ट्रलको एकेडेमीमा हुर्किएका उनले गत फेब्रुअरीमा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
उनी अर्जेन्टिनाको यू-२० टोलीमा समेत परिसकेका छन् ।
फाकुन्डो ब्राइटनमा अनुबन्धित






-1770375849820.jpg&w=3840&q=75)








