काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले बिहीबार सानदार जित निकाल्यो ।
ढाकामा भएको खेलमा नेपालले भुटानलाई ७-० गोल अन्तरले हराउँदै सानदार सुरुआत गरेको हो ।
पहिलो खेलमै फराकिलो जित निकालेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले खेलाडीको उत्कृष्ट प्रदर्शनले जित सम्भव भएको प्रतिक्रिया दिएकी छिन् ।
'हाम्रा खेलाडीले राम्रो खेले । फरवार्ड लाइन राम्रो देखियो । हामीले मिडफिल्ड सुधार गर्न आवश्यक छ,' उनले खेलपछि भनिन्, 'अर्को खेल जित्नका लागि तयार छौँ । पहिलो खेलले हामीलाई राम्रो अनुभव दिएको छ ।'
अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ ।
'बंगलादेश बलियो छ तर हामी लड्न सक्छौं,' भगवतीले थपिन् ।
भुटानी प्रशिक्षक याङचेनले नेपाली स्ट्राइकर र विंगरको गतिलाई रोक्न नसक्दा हार व्यहोरेको बताए ।