काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।
पन्जाबले किरणलाई नयाँ सिजन २०२२/२३ का लागि अनुबन्ध गरेको हो । पन्जाबले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणसहित अन्य ४ विदेशी खेलाडी सार्वजनिक गरेको छ ।
३२ वर्षीय किरणले यस अघि २०१९/२० को सिजन पन्जाबबाट आईलिग खेलेका थिए । त्यस सिजन किरण आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

यस्तै किरणले चौंथो सिजन आईलिग खेल्न लागेका हुन् । किरणले मिनेर्भा पन्जाबबाट सन् २०१७-१८ सिजनमा उपाधि समेत जितेका थिए ।
किरणले पत्रकार सम्मेलनमा यस पटक आफ्नो टोली बलियो रहेको बताए ।
'भारतमा मेरो चौंथो सिजन हो । राउण्डग्लास पन्जाबबाट दोस्रो पटक खेल्दैछु,' उनले भने, 'पछिल्लो सिजन नतिजा राम्रो भएपनि हामीले उपाधि जित्न सकेनौं । यसपटक हाम्रो तयारी निकै राम्रो रहेको छ ।'