काठमाडौं । यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले भुटानको सामना गरिरहेको छ ।
ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भुटानविरुद्ध ४-० गोलको अग्रता बनाएको छ ।
नेपालका लागि वर्षा ओलीले ४ गोल गरिन् ।
नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ ।
भुटान पनि पहिलो जितको खोजीमा रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुन: बंगलादेशसँग खेल्नेछ ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।