काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह 'एच' मा परेको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको 'ड्र' अनुसार नेपाल समूह 'एच' मा परेको हो ।
नेपालको समूहमा जोर्डन र इरान रहेको छ ।
यस समूहको छनोट खेल जोर्डनमा हुनेछ । छनोट अप्रिल २२ देखि ३० सम्म हुनेछ ।
छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण सेप्टेम्बर १६ देखि २४ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले इन्डोनेसियामा हुने यू-१७ महिला एसियन कप खेल्नेछ ।
इन्डोनेसियामा हुने यू-१७ महिला एसियन कप २०२४ को अप्रिल ७ देखि २० सम्म हुनेछ ।
