मधेशले दियो प्रदेश-१ लाई २१५ रनको लक्ष्य
बिहिबार, १७ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले प्रदेश-१ लाई जितका लागि २ सय १५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १४ रन बनायो ।
मधेशका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय इनिङ खेले । विवेक यादवले ३२ रन जोड्दा रुपेश सिंहले ३० रन बनाए ।
रोहन बिकले २८ रन जोडे भने कप्तान हरिशंकर शाहले १५ रन बनाए ।
प्रदेश-१ का फिर्दोश अन्सारीले ५ विकेट लिए । सिदान्त लोहनीको नाममा ३ विकेट रह्यो ।
मधेशले दियो प्रदेश-१ लाई २१५ रनको लक्ष्य








-1766479491057.jpeg&w=3840&q=75)






