एएफसी यू-२० महिला एसियन कप छनोट : नेपाल समूह 'बी' मा
बिहिबार, १७ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह 'बी' मा परेको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको 'ड्र' अनुसार नेपाल समूह 'बी' मा परेको हो ।
नेपालको समूहमा युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्याण्ड रहेको छ ।
यस समूहको छनोट खेल प्यालेस्टाइनमा हुनेछ । छनोट मार्च ४ देखि १२ सम्म हुनेछ ।
छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।
उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
एएफसी यू-२० महिला एसियन कप छनोट : नेपाल समूह 'बी' मा






-1770375849820.jpg&w=3840&q=75)








