इंग्ल्यान्डका डिफेन्डर बेनले विश्वकप गुमाउन सक्ने
बिहिबार, १७ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका लेफ्ट ब्याक बेन चिलवेलले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने सम्भावना बढेको छ ।
चेल्सीका डिफेन्डर बेनले ह्यामस्ट्रिङको चोट बोकेपछि विश्वकप गुमाउने सम्भावना बढेको हो ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति डिनामो जाग्रेबविरुद्धको खेलमा उनले चोट बोकेका थिए । जुन खेलमा चेल्सीले २-१ को जित निकालेको थियो ।
चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरले उनको चोटको नतिजा सकारात्मक नदेखिएको बताएका छन् ।
इंग्ल्यान्डले २१ नोभेम्बरमा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
२५ वर्षीय डिफेन्डरले इंग्ल्यान्डका लागि १७ खेल खेलिसकेका छन् ।
इंग्ल्यान्डका डिफेन्डर बेनले विश्वकप गुमाउन सक्ने











-1774280237611.jpeg&w=3840&q=75)

