काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलहरु सकिएको छ ।
बुधबार राति भएको अन्तिम खेलहरुसँगै समूह चरणको खेलहरु सकिएको हो ।
समूह चरणको खेल सकिएसँगै नकआउट अर्थात् राउण्ड अफ १६ मा पुग्ने टोलीको टुंगो समेत लागेको छ ।
आठ समूहबाट समूह विजेता र उपविजेता गरि १६ टोलीले नकआउट चरणमा स्थान बनाएका छन् ।
समूह विजेताको रुपमा रियल मड्रिड, बायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, बेन्फिका, नापोली, पोर्टो र टोटेनहमले नकआउट चरणमा स्थान बनाएका छन् ।
यस्तै उपविजेताको रुपमा लिभरपुल, एसी मिलान, पेरिस सेन्ट जर्मेन, इन्टर मिलान, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, फ्रान्कफुर्ट र क्लब ब्रुग रहेका छन् ।
यूईएफएले नकआउट चरणको ड्र नोभेम्बर ७ गते सार्वजनिक गरिने जनाएको छ ।
