पीएम कप : दुई खेल हुँदै

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज बिहीबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा बिहीबार एक एक खेल हुँदै छन्।
टियु क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
पुलिस लगातार तेस्रो जितको खोजीमा रहेको छ । लुम्बिनी भने दोस्रो जितको योजनामा हुनेछ ।
मुलपानी मैदानमा हुने खेलमा मधेश प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । यस खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

