काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा पीएसजीले इटालियन क्लब युभेन्ट्सलाई २-१ ले हराएको हो ।
खेलको १३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

जितसँगै पीएसजीले ६ खेलमा १४ अंक जोडेको छ ।
पीएसजी समूह 'एच' को समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
युभेन्ट्स भने समूह चरणबाट बाहिरिएको छ ।
तेस्रो स्थानको युभेन्ट्सले ३ अंक जोड्यो ।
यस समूहबाट बेन्फिका समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।