काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा डिनामो जाग्रेबलाई हराएको छ ।
बुधबार राति भएको खेलमा चेल्सीले जाग्रेबलाई २-१ ले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।
खेलको सातौं मिनेटमा ब्रुनो पेट्कोभिचले गोल गर्दै जाग्रेबलाई अग्रता दिलाएका थिए ।
तर, खेलको १८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३० औं मिनेटमा डेनिस जाकारियाले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
यस जितसँगै चेल्सी समूह 'ई' को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
चेल्सीले ६ खेलमा १३ अंक जोड्यो ।
जाग्रेब ४ अंक जोडेर पुछारमा रह्यो ।