काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले सेल्टिकलाई ५-१ गोल अन्तरले हराएको हो ।
रियलको जितमा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सियो, भिनियस जुनियर र फेडेरिको भालभर्डेले एक एक गोल गरे ।
सेल्टिकका जोटाले एक गोल फर्काए ।
यस जितसँगै रियल समूह 'एफ' को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
रियलले ६ खेलमा १३ अंक जोड्यो ।
सेल्टिक २ अंक जोडेर पुछारमा रह्यो ।
यस समूहबाट आरबी लाइपजिगले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ ।
बुधबार राति लाइपजिगले शाख्तर डोनेक्स्टलाई ४-० ले हराएको थियो ।
लाइपजिगले ६ खेलमा १२ अंक जोड्यो ।