गण्डकीद्वारा कर्णालीलाई २०९ रनको लक्ष्य
बुधबार, कार्तिक १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि २ सय ९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनायो ।
गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए ।
सुबाश भण्डारी १४ रनमा आउट भए ।
कर्णालीका अनुज चुनाराले ४ विकेट लिए ।
प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट लिए ।
गण्डकीद्वारा कर्णालीलाई २०९ रनको लक्ष्य










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

