बागमतीद्वारा लुम्बिनीलाई १५५ रनको लक्ष्य
बुधबार, कार्तिक १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जितका लागि लुम्बिनी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनायो ।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रन बनाए ।
दुर्गेश थापाले ३२ रन जोड्दा अशुतोष घिरियाले २२ रन जोडे ।
सुर्य तामाङले १७ तथा प्रतिष जिसीले १५ रन बनाए ।
लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए ।
अभिषेक गौतम र विशाल बिक्रम केसीले २/२ विकेट लिए ।
बागमतीद्वारा लुम्बिनीलाई १५५ रनको लक्ष्य










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)


