• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उदघाटन खेलमा झापा विजयी
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १५, २०७९ खेलपाटी संवाददाता
उदघाटन खेलमा झापा विजयी

मोरङ ।  झापाको रोलिङ क्लब धुलाबारी पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा मंगलबार भएको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । झापाको जितमा रेजिन सुब्बा नायक बने । उनको निर्णायक गोलको मद्धतले झापाको क्वाटर फाइनल यात्रा तय भएको हो । प्रतिस्पर्धात्मक खेलको ५१ औँ मिनेटमा डिबक्सभित्र प्राप्त बललाई उनले वान टच जाली चुमाएका हुन् ।

ए डिभिजन क्लबमा देखिने अधिकासं खेलाडि लिएर उत्रीएका दुबै टिमको खेल रोचक बनेको थियो ।

रेजिनको गोलसँगै दबाबमा परेको विराटनगर जवाफी गोल फर्काउन नसक्दा निराश बनेर पहिलो खेलबाटै बाहिरियो । मध्यान्तरपछि आक्रामक प्रदर्शन गरे पनि विपक्षी बार भत्काउन नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा झापाले पनि नतिजा आफ्नो पक्षमा पार्न मध्यान्तरपछिको समय पर्खनु पर्यो ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण दुवै टिमको फिनिसिङ पक्ष भने कमजोर रहयो । बारम्बारका अवसरमा झापा र विराटनगरका खेलाडी चुकेका थिए । अवसर खेर जाँदा विराटनगर खेलबाट बाहिरियो । झापाले फराकिलो अन्तरको जित निकाल्न सकेन ।

खेलको ५ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको फ्रिकिक प्रहारलाई झापाका गोलरक्षक दीप कार्कीले विफल पारिदिए । २२ औँ मिनेटमा उनकै प्रहारले पोस्ट माथिबाट बाहिरियो । ४६ औँ मिनेटमा सुदील राई वान भर्सेस वानको अवस्थामा चुके । ७१ औँ मिनेटमा सुदीलकै प्रहार बाहिरिँदा विराटनगरको क्वाटर फाइनल प्रवेश गर्ने योजना असफल बन्यो । 

खेलमा झापाले पनि थुप्रै अवसर गुमाउँदा फराकिलो अन्तरको जित निक्लन सकेन । ७ औँ मिनेटमा सुजल श्रेष्ठको प्रहारमा विराटनगरका गोलरक्षक विवश चौधरी बाधक बनिदिए । २७ औँ मिनेटमा झापाका एन्जल गुरुङको प्रहारले पनि पोस्टको बाटो देखेन । ३८ औँ मिनेटमा संजोग राईले अवसर गुमाउँदा झापाले जितका लागि मध्यान्तरपछिको समय कुर्नु पर्यो । 

खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्कीले नगद ५ हजार रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका हुन् । भारतको एमएम एफ सी वेष्ट बंगाल र सिरहाको सहलेस युथ क्लबबीच बुधबार प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् । विराटनगर र झापाबाहेक प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी रहेको उनले बताए । प्रतियोगिताको चौथो संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले जितेको थियो ।

डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने बताए । गोल्डकपको पुरस्कार राशि यसवर्षदेखि बढाइएको हो । यसअघिका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाएका थिए ।

राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP