काठमाडौं । युक्रेनको फुटबल एसोसिएसनले इरानलाई कतार विश्वकप फुटबलमा प्रतिबन्ध लगाउनुपर्ने बताएको छ ।
युक्रेनले मानवअधिकार उल्लङ्घन गरेको आरोपमा इरानलाई प्रतिबन्ध लगाउनु पर्ने बताएको छ ।
इरानलाई विश्वकपमा प्रतिबन्ध गर्नका लागि युक्रेन फुटबलले फिफालाई आग्रह गर्ने योजना बनाएको बीबीसीले जनाएको छ ।
युक्रेनविरुद्ध रुसको सैन्य आक्रमणमा इरानको सम्भावित हात रहेको युक्रेन फुटबलले जनाएको छ ।
युक्रेन फुटबलको कार्यकारी बैठकले विश्वकपमा इरानलाई बहिस्कारका लागि फिफालाई अनुरोध गर्ने निर्णय भएको बताईएको छ ।