काठमाडौं । इटालियन क्लब एसी मिलानका मुख्य प्रशिक्षक स्टेफानो पियोलीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मिलानले प्रशिक्षक स्टेफानोले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै उनी २०२५ सम्म मिलानको मुख्य प्रशिक्षक रहने छन् ।
इटालियन प्रशिक्षक २०१९ मा मिलानको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
५७ वर्षीय प्रशिक्षकको नेतृत्वममा मिलानले ११ वर्षपछि सिरी ए उपाधि जितेको थियो ।
