काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च मिडफिल्डर एनगालो कान्टेलाई अनुबन्ध गर्ने योजना भएको छ ।
बार्सिलोनाले चेल्सीका मिडफिल्डरलाई फ्री ट्रान्सफरमा अनुबन्धको लक्ष्य बनाएको हो ।
ला लिगा क्लबले सर्जियो बुस्केट्सको बिकल्पमा कान्टेलाई अनुबन्धको योजना गरेको बताईएको छ ।
फ्रान्सका विश्वकप विजेता मिडफिल्डर पछिल्लो समय चोटबाट गुज्रिरहेका छन् ।
चोटकै कारण कान्टेले कतार विश्वकप गुमाउने छन् ।
तरपनि, बार्सिलोनाले ३१ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्नेबारे योजना र छलफल गरिरहेको रिलिभोले जनाएको छ ।