काठमाडौं । इटालियन क्लब युभेन्ट्सले फरवार्ड मेम्फिस डिपेलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।
बार्सिलोनाका फरवार्डलाई यसै जनवरीमा अनुबन्ध गर्ने तयारी युभेन्ट्सले गरेको डियारो स्पोर्ट्सले जनाएको छ ।
यद्दपी युभेन्ट्सले औपचारिक रुपमा प्रस्ताव गरेको छैन ।
बार्सिलोना पनि डिपेलाई बेच्न चाहिरहेको छ । डिपेसँग बार्सिलोना खुशी नभएको बताईएको छ ।
डच फरवार्ड २०२१ मा लियोनबाट बार्सिलोना आएका थिए ।
उनले बार्सिलोनाका लागि ३० ला लिगामा १३ गोल गरिसकेका छन् ।
२८ वर्षीय फरवार्डले नेदरल्यान्ड्सका लागि ८१ खेलमा ४२ गोल गरिसकेका छन् ।