काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान पराजित भएको छ ।
आइतबार राति भएको खेलमा मिलानलाई टोरिनोले २-१ गोल अन्तरले हराएको हो ।
खेलको ३५ औं मिनेटमा कोफीले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा एलेक्सी मिरानचुकले गोल गर्दै टोरिनोलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा जुनियर मेस्सीयासले गोल गरेपनि मिलान २-१ ले पराजित भयो ।
यस हारसँगै मिलानले १२ खेलमा २६ अंक जोडेको छ ।
मिलान तेस्रो स्थानमा रहेको छ ।
टोरिनो १७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।