काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई १-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा मार्कुस राषफोर्डले निर्णायक गोल गरे ।
उनले खेलको ३८ औं मिनेटमा एरिक्सनको पासमा हेडरमार्फत गोल गरेका थिए ।
युनाईटेडका लागि राषफोर्डको यो १०० औं गोल हो ।
यस जितसँगै युनाईटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
युनाईटेडले १२ खेलमा २३ अंक जोडेको छ ।
वेस्ट ह्याम १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।