बराबरीमा रोकियो रियल
आइतबार, कार्तिक १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियलले जिरोनासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकिएको हो ।
खेलको ७० औं मिनेटमा भिनीसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८० औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको इन्जुरी समयमा टोनी क्रुसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
घरेलु मैदानमा बराबरीमा रोकिएपनि रियल शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले १२ खेलमा ३२ अंक जोडेको छ ।
जिरोना १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो रियल







-1762856022963.jpg&w=3840&q=75)





