शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एन्जिलाले भारतीय आई लिग खेल्ने

आइतबार, १३ कार्तिक २०७९हेम राज हमाल
एन्जिलाले भारतीय आई लिग खेल्ने
mustang rice ad

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले भारतीय शीर्ष डिभिजनको लिग खेल्ने भएकी छिन् । 

भारतीय आई लिग क्लब सेथु एफसीले राष्ट्रिय महिला टिमकी कप्तान एन्जिलालाई एक सिजनका लागि क्लबमा अनुबन्ध गरेको छ । 

क्लबसँग निरन्तर छलफलमा रहेकी एन्जिलाको शुक्रबार मात्र क्लबसँग औपचारिक सम्झौता टुङ्गिएको हो । उनले क्लबसँग करिब ९ महिनाको सम्झौता गरेकी छिन् । 

'सम्झौता करिब ९ महिना जतिको छ । एक सिजनका लागि सम्झौता भएको हो ।' एन्जिलाले खेलपाटीसँग भनिन् । 

राष्ट्रिय महिला टिमकी सिनियर खेलाडी समेत रहेकी एन्जिलाकै कप्तानीले नेपालले पछिल्ला महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा खेलेको थियो । एन्जिलाकै कप्तानीमा नेपालले भारतलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । 

उनै एन्जिलालाई भारतीय क्लब सेथु एफसीले आई लिग खेल्नका लागि अनुबन्ध गरेको हो । 

सेथु एफसीबाटै राष्ट्रिय महिला टिमकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले खेलेका थिए । उनीहरुकै प्रर्दशनका आधारमा क्लबले भारतीय वुमन्स लिगको उपाधि जितेको थियो । 

भारतीय क्लबसँग औपचारिक सम्झौता गरेकी एन्जिलाले आई लिगमा खेल्ने अवसरले आफुलाई थप अनुभवी बनाउने बताईन् । 

'पहिलो पटक आई लिग खेल्न पाएको छु । अवसर पाएको छु । अझै अनुभवको कमी छ । गेमको कमी छ ।' उनले भनिन्, 'आईलिगको अनुभव महत्वपुर्ण हुन्छ भन्ने लागेको छ ।'

उनले घरेलु महिला फुटबलमा तीन वटा टिममात्र बलियो हुँदा धेरै अनुभव प्राप्त गर्न नसेकेको बताईन् । 'आर्मीमा छु । नेपालमा विभाग बाहेक बलिया टिम छैनन् । बलियो टिम नहुँदा पोस्टमा खासै बल आउँदैन । खेलको धेरै अनुभव लिन पाएको छैन ।' उनले भनिन् । 

'आई लिगमा राम्रो अनुभव बटुल्न पाउछु भन्ने विश्वास छ ।' उनले थपिन् ।

एन्जिलाको अनुसार उनी घरेलु लिग नभएको अवस्थामा डिसेम्बर भारत लाग्नेछिन् । 'डिसेम्बरमा अभ्यास गर्न बोलाएको छ । घरेलु लिग भएन भने डिसेम्बरमा उतै जानेछु ।' उनले भनिन् । 

LiNing Ad
#एन्जिला तुम्बापो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

Bajaj Pulsar Motorcycle Ad
घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै