काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले सासोउलोलाई ४-० गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेनले ह्याट्रिक गरे । केभिचा कोभाराशिलाले एक गोल गरे ।
शीर्ष स्थानको नापोलीले १२ खेलमा ३२ अंक जोडेको छ ।
अर्को खेलमा इन्टर मिलानले साम्पोडोरियालाई ३-० ले हराएको छ ।
इन्टरको जितमा स्टेफान डी, निकोलो बरेला र जोआकिन कोरेयाले एक एक गोल गरे ।
इन्टर १२ खेलमा २४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै युभेन्ट्सले लेचीलाई १-० ले हराएको छ ।
युभेन्ट्सको जितमा निकोलो फागीओलीले निर्णायक गोल गरे ।
युभेन्ट्स २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।