काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे ।
लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
त्यसअघि ५० औं मिनेटमा भ्यालेन्सियाका लिनोले गोल गरेका थिए ।
तर, भीएआरको सहायताबाट उनको गोललाई मान्यता दिईएन । गोलअघिको फाउलको कारण उनको गोलले मान्यता नपाएको हो ।
यस जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले १२ खेलमा ३१ अंक जोडेको छ ।
भ्यालेन्सिया १५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।