काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडले २-१ गोल अन्तरले हराएको हो ।
लिड्सले लिभरपुललाई एनफिल्डमै हराएको हो ।
खेलको चौंथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।
जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोडेको छ । लिड्स १५ औं स्थानमा उक्लिएको छ । लिभरपुल १६ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।