काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले बर्नेमाउथलाई ३-२ गोल अन्तरले हराएको हो ।
टोटेनहमले सुरुआती दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
टोटेनहमको जितमा रायन सेसेगनन,बेन डेभिस र रोड्रिगोले एक एक गोल गरे ।
बर्नेमाउथका केइफर मोरेले दुई गोल गरे ।
जितसँगै टोटेनहम तेस्रो स्थानमा उक्लिएको छ ।
टोटेनहमले १२ खेलमा २६ अंक जोडेको छ ।
बर्नेमाउथ १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै न्युकासलले एस्टन भिल्लालाई ४-० ले हराएको छ ।
क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १-० ले हराएको छ ।
उल्भ्स र ब्रेन्टफोर्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।