काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीलाई ब्राइटनले ४-१ गोल अन्तरले हराएको हो ।
खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स चिकले आत्मघाती गोल गर्दा ब्राइटनले २-० को अग्रता बनायो ।

खेलको ४२ औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरेपछि ब्राइटनको अग्रता ३-० को बन्यो ।
खेलको ४८ औं मिनेटमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४-१ को जित दिलाए ।
यस हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।
