लेस्टरलाई हराउँदै सिटी शीर्ष स्थानमा
शनिबार, कार्तिक १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
शनिबार भएको खेलमा सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन केभिन डी ब्रुएनले निर्णायक गोल गरे ।
उनले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सिटीले १२ खेलमा २९ अंक जोडेको छ ।
लेस्टर ११ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
लेस्टरलाई हराउँदै सिटी शीर्ष स्थानमा







-1762856022963.jpg&w=3840&q=75)





